भोजपुर । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका भिरबाट लडेर एक जनाको ज्यान गएको छ । हतुवागढी गाउँपालिका–९ हसनपुरको गैरीगाँउका ४१ वर्षिय छोरा नर वहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।
विरामी पु¥याएर अखुवाटारबाट फर्कने क्रममा तित्री भञ्याङ्को भिरबाट ५० मिटर तल खस्दाको उनको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मंगलवार वेलुका भएको घटनाको अनुसन्धान तथा आवश्यक प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली सो क्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।