अस्पतालमा उपचारका लागी आएका विरामी र तिनका आफन्तलाई प्रभावमा पारी आफ्नो सेटिङ्ग भएको अस्पतालमा उपचार गराउन बाध्य पार्ने १० जना विचैलिया पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिरहा २ का बर्ष २० का सुर्य नारायण यादव, सुनसरीको दुहवी ६ का बर्ष ५४ का श्रीराम चौधरी, मोरङ कटहरी ३ का बर्ष ४२ को मो जलिद , विराटनगर ७ का बर्ष १८ का विश्वास मण्डल, १४ वडा नम्बरका बर्ष २३ का रोशन गुप्ता, वडा नम्बर ४ का बर्ष १९ को सुजित यादव, वडा नम्बर ५ का बर्ष २२ को फिरोज रोय, वडा नम्ब ५ का बर्ष २१ को समिर खान, वडा नम्बर ५ का बर्ष १८का सरोज खान र वडा नम्बर ३ का बर्ष १८ को अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
उनिहरूले विराटनगर महानगरपालिका अन्तरगतका विभिन्न अस्पतालमा उपचारका लागी आएका विरामी र विरामीका आफन्तहरूलाई अस्पताल, क्लिनक तथा फार्मेसीहरूका बारेका विभिन्न अफवा फैलाई आफ्नो सेटिङ्ग भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि बाध्य बनाउने गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उनिहरूले उपचार गराइ रहेको वा उपचारका लागी आएको अस्पतालहरूमा डक्टर राम्रो नभएको, अस्पतालमा कोरोना संक्रमित विरामी धेरै रहेको, औषधी उपचार राम्रो नभएको भन्दै झुक्याउने र आफ्नो सेटिङ्ग भएको अस्पतालमा वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने गरेका थिए ।