काठमाडौंवाट भोजपुरको दुर्गम गाउँमा आएर बाख्रा चराउँदै साङ्गे शेर्पा

भोजपुर- जोकोहिलाई झट्ट सुन्दा  काठमाडौंवाट भोजपुरको विकट गाउँमा आएर कसैले बाख्रा चराउँदैछ भन्दा पत्याउन कठीन पर्न सक्छ । अझ पहाडवाट तराई, तराईवाट काठमाडौं उपत्यकाको शुख सयलको सपना वुन्ने अहिलेका सुविधाभोगी आम जनमानसलाई त, यो प्रायः असम्भवनै लाग्न सक्छ । तर यो कुरालाई ४ दशक अघि काठमाडौंमा गएर अढाई दशक बैदेशिक रोजगारमा विताएका ५६ बर्षीय साङ्गे शेर्पाले सत्य सावित गरिदिएकाछन् ।

हो ! साँच्चै नै साङ्गे शेर्पाले रिटायर्ड जिवनमा काठमाडौंको सुखसयल छोडेर भोजपुरको षडानन्द नगरपालिका ९ स्थित दुर्गम गाउँ तालखर्कमा पशुपालन गरेर उदाहरणीय कार्य गरेकाछन् । उर्वर गाउँ छोडेर शहरको प्रदुर्शण र सिमित घर–घडेरी भित्र आफ्नो जिवनशैलीलाई खुम्चयाउन चाहने र खुम्च्याई रहेका जनमानसलाई उनले गतिलो पाठ सिकाएकाछन् ।

कतारमा क्याट्रीङ्ग कम्पनी मार्फत कतारी सेनाको व्यारेकमा २५ बर्ष वितएका शेर्पाले वैदेशिक रोजगारमा राम्रो आम्दानी गरे । उनले त्यहि आम्दानीलाई सदुपयोग गरेर काठमाडौंमा २ वटा घर जोड्न सफल भएका छन् । गत बर्ष विदामा नेपाल आएका शेर्पा लकडाउनका कारण कतार फर्किन पाएनन् । लकडाउनको समयमा उनले युट्युवका साथै सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, गोरखाका फारराम र खुमलटार कृषि अनुसन्धान केन्द्रमा गएर कृषि तथा पशुपालन सम्वन्धी अध्ययन गरे । आँफुले जानेको ज्ञान आफ्नै देशको दुर्गम गाउँमा प्रयोगमा ल्याउन र आधुनिक कृषि तथा पशुपालनको वारेमा सिकाउनको निमित्त आँफुले दुर्गम गाउँमा आएर कृषि पेशा शुरु गरेको उनले वताए ।

शेर्पा गाउँमा कमाउन भन्दा पनि स्थानियलाई कृषि र पशुपालनको वारेमा सिकाउन र सेवा दिनको निमित्त आएको दावि गर्छन् । उनले खवरट्वीट सँगको कुराकानीमा भने “गाउँमा अहिले पनि सयौं बर्ष अगाडिको जस्तै परम्परागत खेति प्रणालिनै व्याप्त रहेकोले आधुनिक कृषि र पशुपालनको वारेमा गाउँलेलाई सिकाउन आएको हुँ । ”

गएको चैत्रवाट उनले मिङ्गमा पशुपालन तथा कृषि फारम दर्ता गरेर फाराम थालेका शेर्पाले ७० रोपनी जग्गा १० बर्षको लागि लिजमा लिएर २ सय माउ बाख्रा पाल्ने लक्ष्य राखेकाछन् । अहिले उनको खोरमा १०० वटा वाख्रा रहेकोे वताए । १५० वटा गिरिराज र लोकल कुखुरा पाल्न थालेकाछन् । ८ वटा उन्नत जातका भुनी (पोथी) र २ वटा बुचा ( भाले) सँगुर पालेर गाउँ गाउँमा उन्नत जातका पाठा उपलव्ध गराउने उनको योजना रहेको छ । ३ जनालाई प्रत्यक्ष रोजगारी दिईरहेका शेर्पाले ४० लाख लगानी गर्ने योजना वनाएकोमा हाल सम्म २० लाख लगानी भईसकेको वताएकाछन् । उनले वाँकी जग्गामा आधुनिक तरिकाले मकै, आलु र गहुँ लगायतका वाली लगाउने उनको योजना सुनाए ।

शेर्पा कर्ममा विश्वास गर्नुपर्ने वताउँछन् । कर्म गरेमा भोकै मर्नुनपर्ने र छिट्टै जिवनशैली परिवर्तन गर्न सकिने उनको भनाई छ । परम्परागत सोचाईले गाउँका मानिसहरु पछिपरिरहेको उनको बुझाई छ । ‘धामी र लामाको विश्वास गर्नु भन्दा कर्म गर्नतर्फ लाग्नुपर्छ ” उनले भने ।

शेर्पाले आफ्नो फाराममा उत्पादन भएपछि सुपथ मुल्यमा विक्रि गर्ने उनको लक्ष्य रहेको वताएकाछन् । म मेरो फाराममा उत्पादन भएका पशुचौपायाहरु गाउँको जस्तो महंगोमा विक्रि गर्दिन । उचित मुल्यमा उपभोक्ताहरुलाई सेवादिन काठमाडौंको सुखसयल छोडेर दुर्गम गाउँमा आएको उनले वताए ।

शेर्पाले बाख्रापालन थाले सँगै गाउँलेले पनि त्यहि सिको गरेर वाख्रा पालन थालेकाछन् । गाउँमा सयौं बर्षदेखि परम्परागत तरिकाले बाख्रापालन गरिरहेका कृषकहरुले साङ्गे शेर्पाले वाख्रा पालन थालेसँगै गाउँलेहरुले पनि आधुनिक तरिका अपनाउन थालेको सोहि वडाका वडाध्यक्ष पासाङ्ग निमा शेर्पाले वताए । अहिलेनै ७ जनाले आधुनिक तरिकाले बाख्रापालन थालेको उनले वताए ।