प्रदेश १ मा दुई मन्त्री नियुक्त

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका आचार्यले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका हुन् ।

सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा लछुमन तिवारी नियुक्त भएका हुन् ।

दुई मन्त्रीले आजै केहीबेर अघि पद तथा गोपनियताको शपथ लिएका छन् ।