बुटवलका मेयरलाई एमालेकै कार्यकर्ताले हाने मुक्का

बुटवल- बुटवलका मेयर शिवराज सुवेदीलाई एमालेकै कार्यकर्ताले मुक्का प्रहार गगरेका छन् ।

एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।

उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् । पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएको छ ।

मुक्का प्रहार गर्ने युवालाई एमालेको चर्को दवावपछि साँझ प्रहरीले पक्राउ गरेको छ ।