नेपाली युवती जापानमा मृत फेला

जापानमा अध्ययनरत रहेकी एक नेपाली युवती मृत फेला परेकी छिन् । काठमाण्डौको थानकोट घर भइ बिगत ५ वर्षदेखि जापानमा रहेकी एक नेपाली बिद्यार्थी आफ्नै वस्ने कोठामा मृत फेला परेकीहुन् ।

जापानको फुकुओका स्थित ईजिरीमा बस्ने र हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलको सोमबार बिहान करिव १ः३० मा आफ्नो कोठामा मृत अवस्थामा भेटिएको बताईएको छ । उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

मृतक भुर्तेल केही समय अघिदेखि पुरुष साथीसँग लिभिङ्ग टुगेदरमा बस्दै आएको र हाल उनको केटा साथी कामको शिलाशिलामा ओसाकामा रहेको बुझिएको छ । सामाजिक संजालमा निरन्तर कुरा भईरहे पनि पछिल्लो समय उनीहरुका बिचमा बिबाद रहेको बताइएको छ ।
आत्महत्याको मुख्य कारण बारेमा प्रश्ट नभएपनि उनीहरुबिचको विवाद नै प्रमुख रहेको हुन सक्ने देखिएको छ । आत्महत्याको बारेमा जापान प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जापान प्रहरीले मृतक भुर्तेलले अध्ययनरत निहोन केईजाई दाईगाक्कोमा आवश्यक जानकारी लिएको बुझिएको छ। मृतक अर्चनाको पार्थिक शरिर नेपाल पठाईदिन परिवारले आग्रह गरेकोले सो को लागि जापान पुलिस र ईमिग्रेशनसँग छलफल छलफल भईरहेको एनआरएनए जापानका सचिब देबराज उप्रेतीले जानकारी गराए। जनहित न्युजवाट