भोजपुर, ५ भाद्र- नेपाल कम्युनिष्ट पार्टी एमालेको भोजपुर जिल्ला बैठक तथा भेला सदरमुकाममा सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाममा प्रदेश नम्वर १ का पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य शेरधन राईको प्रमुख आतिथ्तामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा सहभागी एक जिल्ला स्तरका नेताले जानकारी दिए ।
बैठकवाट ८ सय ६३ सदस्यीय जिल्ला कमिटि घोषणा गरिएकोछ । समानान्तर कमिटिका अध्यक्ष सहित २ सय ६२ जना जिल्ला कमिटि पदाधिकारी नेकपा एमालेमा समाहित भएकाछन् । कमिटिको अध्यक्षमा प्रेम कुमार राई, उपाध्यक्ष स्कमरेड शरण कुमार राई, सचिव मक्कर खड्का र उपसचिव धर्म किरात रहेकाछन् । बैठकमा नेकपा एमालेका केन्द्र, प्रदेश र स्थानियस्तरका नेताहरुको समेत उपस्थिति रहेको थियो ।