विराटनगर,१५ असोज- छैटौँ संस्करणको मिस कोसीको फाईनलमा ३ जना भोजपुरका प्रतियोगीहरु फाईनलमा प्रवेश गरेकाछन् । विभिन्न चरणको अडिसनबाट छनौट भएर ३० जना प्रतियोगी मध्ये भोजपुरका प्रशिका श्रेष्ठ, नयमा राई र उषा राई,पुग्न सफल भएका हुन् ।
फाइनलमा पुग्नेहरूमा मोरङको बेलबारीदेखि रिजा तामाङ, प्रतिक्षा कार्की, आयूषा खवास, झापादेखि आकृति गिरी, कुसुम निरौला, औरावनीदेखि प्रेरणा चौधरी, विराटनगरदेखि प्रकृति फुयाँल, प्रिया नुन्दी, अनुपा विष्ट, कानेपोखरीदेखि सन्तोषी माया लिम्बु, सुन्दरहरैँचादेखि समिक्षा कार्की, पुर्णीमा देवी घिमिरे, पथरीदेखि स्मिता कार्की, टचस्टोन राई, अक्साना सुवेदी, रहेका छन् ।
यसै गरी विराटनगरदेखि आयुषा आचर्य, एलिजा राजवंशी, एन्जिला पन्त, दीपा साह, इटहरीदेखि सीमा सरदार, सोफिया गिरी, उर्लाबारीदेखि एलिजा तिम्सिना, उदयपुरदेखि सपना विश्वकर्मा, कटहरीदेखि एलिजा ठाकुर, धरानदेखि सुम्निमा राई, पूजा साह र झापा चारआलीदेखि पेरिसा बुढाथोकी फाइनलमा पुगेको जय मिडिया म्यानेजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए ।
यसअघि फाइनलमा पुगेका प्रतियोगीहरूले ट्यालेन्ट शो र फोटो सुट पनि गरिसकेका छन् । प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परको साथै पोखरा टुर रहेको छ । प्रतियोगिताको फाईनल भोलि हुने आयोजकले जनाएको छ ।