मिस कोसीको ताज भोजपुरकी प्रसिकालाई

छैटौँ संस्करणको मिस कोसीको ताज भोजपुरकी प्रसिका श्रेष्ठले पहिरिन सफल भएकी छिन् । विभिन्न चरणको अडिसनबाट छनौट भएर फाईनलमा पुगेका ३० जनालाई पछिपार्दै श्रेष्ठले मिस कोसीको ताज पहिरिएकी हुन् ।

ताज सँगै श्रेष्ठले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परको साथै पोखरा टुरको अफर समेत पाएकीछिन् । फाईनल शनिवार राती अवेर सम्पन्न भएको थियो ।