दिङ्लावाट भोजपुर र ईटहरी सिधा यातायात सुचारु

दिङ्ला- भोजपुरको उत्तरी व्यापारीक केन्द्र दिंङ्लावाट जिल्ला सदरमुकाम भोजपुर र पूर्वी तराईको व्यापारिक केन्द्र ईटहरी सिधा यातायात सुचारु भएको छ । अरुण नदिको जलसतह घटेपछि फेरी सञ्चालनमा सहज आउनुको साथै षडानन्द नगरपालिका र ट्याम्कै मैयुङ् यातायात प्रालिको सहकार्यमा बर्षातको पानीले क्षती पुर्याएको वाटो मर्मत गरिएसँगै सिधा यातायात सञ्चालनमा आएको ट्याम्के मैयुङ् यातायात प्रालिका अध्यक्ष दिपेश विष्टले जानकारी दिए ।

बर्षायाम लागेसँगै वाटो विग्रिएपछि दिङ्लावाट भोजपुर ( ३८ किमि) जाने यात्रुहरु संखुवासभाको तुम्लीङ्टार हुँदै धनकुटाको लेगुवावाट १ सय १० किमि घुमेर यात्रा गर्न वाध्यथिए । बर्षात कम भएपछि षडानन्द नगरपालिकाले नगरपालिकाको केन्द्र दिंङ्ला बजार जोडने शाखा वाटोहरु मर्मत गर्न थाले सँगै यातायातका साधन पनि सञ्चालन हुन थालेकाहुन् । दशैं अगाडि दिंङ्ला बजार जोडने सम्पूर्ण सडक मर्मत गरिसक्ने गरि काम थालिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश विक्रम बस्नेतले जानकारी दिए ।

मौषमले साथ दिए नियमित यातायात सञ्चालन गरिने ट्याम्के मैयुङ् यातायात प्रालिका अध्यक्ष दिपेश विष्टले वताए । दशैं अघि दिंङ्लावाट कुलुङ्ग, कुदाककाउले, खार्ताम्छा समेत यातायात सञ्चालनमा आउने विष्टको दावि छ । यो हिउँदवाट दिङ्ला दोभाने पनि सिधा यातायात सञ्चालनमा आउने विष्टले जानकारी दिए ।

यातायात तराईसँग सिधा जोडिएपनि जलसतह पूर्णरुपमा घटिनसकेकाले मालवाहक ढुवानीका साधनहरु भने सञ्चालनमा आउन सकेका छैनन् । दशैंको मुखमा ढुवानीका साधन सञ्चालन नहुँदा व्यावासायीलाई सास्ती परेको छ । खाद्यान्न सामाग्री सतिघाट पारीनै झारेर लोड गर्नुपर्ने भएकोले बिग्रने, टुटफुट हुने र कहिले कहिँ भनेको समयमा भरिया र सतिघाट देखि दिङला सम्म ढुवानी को लागि गाडी पाउन पनि मुस्किल पर्ने भएको हुँदा ब्याबसायिहरुले सास्ती खेप्नु पर्ने यल्लो रिभर ग्रुपका संचालक साङ्देम्वा राईले वताए ।फेरी पूर्ण क्षमतामा नचल्दा प्रति केजी ३ रुपैंया सम्म महंगो पर्ने राईको भनाई छ ।

दिङ्ला बजार जोडने सडकहरु ग्रयाभेल समेत नहुँदा बर्षेनी बर्षायाममा वन्द हुने गरेकाछन् भने र तराई जोड्ने एकमात्र विकल्पको रुपमा रहेको फेरी पनि बर्षातमा नदिमा जलसतह बढेपछि वन्द हुने गरेको छ ।