भोजपुर– भोजपुरमा बैशाख मसान्तसम्मका लागि विभिन्न सभा, सम्मेलन, हाटबजार साथै शैशिक्षक संस्थाहरु बन्द गर्ने निर्णय भएको छ । १९ को दोस्रो लहरको महामारीबाट बच्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र भोजपुरले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर बढिरहेको अवस्थामा सम्भावित जोखिमको रोकथाम नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउँदै संक्रमणलाई न्यूनीकरण गर्न कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले निर्णय गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको हो ।

अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन, सभा, जुलुस, ¥याली , भेला, जमघट, गोष्ठि, सेमिनार, सभा सम्मेलन, साँस्कृतिक कार्यक्रम, दर्शक सहितको खेलकुद लगाएतका भीडभाड हुने सबै कार्यक्रम बैशाख मसान्तसम्म बन्द गर्ने उल्लेख निर्णय गरिएको छ, भने शैक्षिक संस्था पनि वैशाख मसान्त सम्मनै बन्द हुने भएका छन् ।

यस्तै सदरमुकाम सहित जिल्लाका अन्य स्थानीयतहमा लाग्दै आएका हाटबजार अर्को सुचना नआएसम्मका लागि बन्द गर्ने निर्णय भएको छ । कुनै पनि स्थानमा १५ जना बढी उपस्थित नहुने गरी मेला, महोत्सव, जात्रा, पर्व, विवाह सञ्चालन गर्न–गराउन भनिएको छ ।

कार्यालय र पसलजस्ता सार्वजनिक स्थलमा स्यानिटाइजरको र मास्क प्रयोग अनिवार्य गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरी होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न भनिएको छ ।

सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नराख्न सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आए चालक वा सह–चालकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन यात्रा गर्ने यात्रुको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

 

तपाईको प्रतिक्रिया