विराटनगर- प्रदेश १ मा बुधबार २५६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५६ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमध्ये मोरङका कुल १२० जना संक्रमित थपिएका छन् । त्यसमा विराटनगरका मात्र ४३ महिला र ६२ पुरुष सहित १०५ जना रहेका छन् । त्यसैगरी झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बा७थभलसहदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २६, इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, बराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१, ताप्लेजुङको फुङलिङमा ११ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १, उदयपुरको बेलकामा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ३७७ पुगेको छ । प्रदेश १ मा ८४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ८९ महिला र १६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया