भोजपुर- भोजपुरमा १४ वार्षिय बालक माथि अन्जान ब्यक्ति द्वारा खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका ४ का १४ वार्षिय ओर्बिन राई माथि अन्जान ब्यक्तिले खुकुरी प्रहार गर्दा बालक गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

खुकुरी प्रहार पछि पिडक फरार रहेका छन घाईते बालकलाई प्राथमिक उपचार गौचरन स्वस्थ्य चौकिमा गरि थप उपचारको लागि खादबरी पठाईएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कासिराज थापाले जानकारी दिए । पिडित बालकको शरिरको विभिन्न भागमा खुकुरी प्रहार भएको छ । पिडक फरार रहेको छ खोजी कार्य भैइरहेको निरिक्षक थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया