भोजपुरमा १४ बर्षीय बालकलाई खुकुरी प्रहार गरि गम्भीर घाईते वनाउने पक्राउ

भोजपुर, २४ जेठ- भोजपुरमा १३ बर्षीय बालकलाई खुकुरी प्रहार गरेर गम्भीर घाईते वनाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सोमवार षडानन्द नगरपालिका४ का वडा सदस्य युबराज राईका १३ बर्षका छोरा अरबिन राईलाइ बाख्रा चराउँदै गरेको अवस्थामा सोही ठाउँ बस्दै आएका ४९ बर्षिय जगदिश सार्कीले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएर फरार भएका थिए ।

फरार रहेका सार्कीलाई प्रहरी चौकी कुदाककाउलेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले षडानन्द नगरपालिका १ को सोमबारेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका सार्कीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई जिल्ला आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए ।

घाईते बालक राईको मुलपानी उपस्वास्थ्य चौकी मुलपानीमा प्राथमिक उपचार पछि खाँदवारी जिल्ला हस्पिटल रेफर गरिएको थियो । उनको खाँदवारीमा पनि उपचार सम्भव नभएपछि धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार भईरहेको घाईते बालकको पारिवारिक स्रोतले जनाएको छ ।