संखुवासभाका युवाको अमेरीकामा भएको गोली काण्डमा निधन

अमेरीकामा भएको गोली काण्डमा संखुवासभाका एक युवाको मृत्यु भएको छ । खाँदबारीका २५ वर्षीय सागर घिमिरेको निधन भएको बाल्टिमोर नेपाली कम्युनिटीका अध्यक्ष सुवोध पन्तले जानकारी दिए ।

नर्थ क्यारोलिना, बाल्टिमोरको उडलनमा भएको गोलीकाण्डमा परि उनीसँगै अर्का एक नेपाली युवा श्याम अधिकारीलाई पनि गोली लागेको छ । सो घटनामा परि चारजनाको दुखद निधन भएको छ ।

घिमिरे एक हप्ता अघिमात्र साउथ क्यारोलिनाबाट बाल्टिमोर बसाइँ सरेका थिए । सर्लाहीका घाइते अधिकारी भने हाल खतरामुक्त छन् । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।