भोजपुरमा करेन्ट लागेर एक युवाको मृत्यु

भोजपुर – भोजपुरमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । पौवादुङ्मा गाउँपालिका- १ श्यामसिला घर भएका ३० बर्षिय निमादावा शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घरमा विजुली नआएपछि बनाउन ट्रान्समिटरमा चढेका शेर्पालाई  करेन्ट लागेको प्रहरीले जनाएको छ ।करेन्ट लागेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलम प्रहरी पुगेको र अनुसन्धानको प्रक्रिया सुरु गरेको छ ।