निशेधाज्ञा पछि सुनसान दिंला बजार (फोटो फिचर)

कोरोना भाईरसको दोस्रो भेरियन्ट विश्वभर फैलिरहेको अवस्थामा भोजपुरमा पनि यसको प्रभाव देखिएपछि निशेधाज्ञा जारि गरिएको छ भोजपुर जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र भोजपुरको बैठकले जिल्लामा पनि कोरोना भाईरसको दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिएको भन्दै बैशाख २९ गते देखि ज्येष्ठ १२ गते सम्म निशेधाज्ञा जारी गरेको हो ।

षडानन्द नगरपालिका- १ मा निर्माणधिन ईर्खुवा हाईड्रोमा कार्यरत ३२ जना मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि षडानन्द नगरपालिकाले थप कडाई गरेको छ । कोरोनाको दोस्रो भेरियन्टलाई नियन्त्रण गर्नको लागि षडानन्द नगरपालिकाको कोरोना भाईरस नियन्त्रण तथा समन्वय समितिको बैठकले बैशाख २९ देखि ज्येष्ठ ४ गते सम्म स्वास्थ्य वाहेकका सम्पूर्ण सेवा वन्द गर्ने निर्णय गरेपछि दिंला बजार पनि सुनसान भएको छ । हेर्नुहोस् तस्वीरमा सुनसान दिंला बजारः