कोभिड नियन्त्रणकालागि आर्थिक सहयोग जुटाउँदै ईटहरी उपमहानगर

इटहरी- इटहरी उपमहानगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग जुटाउन सुरु गरेको छ । सङ्क्रमण बढदै गएपछि  आइसोलेसन सञ्चालन,एन्टिजिन खरिदका लागि आर्थिक सहयोग जुटाएउन थालिएको महानगरका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

मेयर चौधरीले इटहरीलाई कार्यक्षेत्र बनाएर व्यापार व्यवसाय गरिरहेका ब्यवसायीहरुलाइ यस सङ्कटको घडीमा सहयोग गर्न आग्रह गरेका छन् । चौधरीले गत वर्ष पनि इटहरीका ब्यवसायीहरुको सहयोगमा आर्थिक सहयोग जुटाएका थिए । यस पटक पनि विभिन्न व्यवसायीहरूले आर्थिक सहयोग गरिरहेको वताएकाछन् ।

यस पटक भाट भटेनी सुपर मार्केट बाट ५ लाख १०१ रुपैयाँ , प्रीमा ग्यास उद्योगबाट २ लाख रुपैयाँ, न्यु स्यार्से काली फ्युल सेन्टर १ लाख रुपैयाँ लगायत सागर फिड लक्ष्मण हुमागाईँ बाट १ लाख रुपैयाँ आर्थिक सहयोग जुटिसकेको चौधरीले जानकारी दिए ।