आज एकैदिन ७ हजार ९८९ जना कोरोना मुक्त

आज ठूलो संख्यामा कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार आज ७ हजार ९८९ जना सङ्क्रमणमुक्त भएका हुन् । यस तथ्यांकले दैनिक निको हुनेको संख्या बृद्धि हुँदै गएको देखाउँछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ले बुधबार जारी गरेको प्रेस ब्रिफिङमा पिसिआर परीक्षणबाट ८ हजार ६४ र एन्टिजेन परीक्षणबाट १०९ गरी कूल ८ हजार १७३ जनामा कोरोना सङ्क्रमण भएको बताएको छ । त्यस्तै गएको २४ घण्टामा २४६ जनाको निधन भएको छ ।