भोजपुरमा कोरोना संक्रमितको संख्या १४६ पुग्यो, हेर्नुहोस् कुन पालिकामा कति ?

भोजपुर,८ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या १ सय ४६ पुगेको छ । आज १७ संक्रमित थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या १ सय ४६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा २ सय ६८ जनाको पिसिआर संकलन गरिएको छ । २ सय ५३ को पिसिआर रिपोर्ट आएकोमा ८५ जनाको को कोरोना पोजेटिभ आएको हो । २९जनाको रिपोर्ट आउन वाँकी रहेको जिल्ला स्जाथ्य कार्यालयले जनाएको छ । हाल सम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट १सय४५ जनाको परिक्षण गरिएकोमा ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै षडानन्द नगरपालिकामा कोरोना संक्रमित देखिएका छन् । षडानन्दमा ४ड जनामा संक्रमण देखिएको छ भने साल्पा सिलिछोंमा कसैलाई कोरोना पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले वताउँछ । भोजपुरका अन्य पालिकाहरु मभ्ये भोजपुर नगरपालिकामा २६, राम प्रसाद राई गाउँपाकिालमा २६, हतुवागढीमा २६, आमचोकमा ९, पौवादुम्मामा ३, अरुणमा ७ र टेम्के मैयुंगमा १ जना संक्रमित रहेकाछन् ।

भोजपुरका १ सय २४ जना संक्रमितको जिल्लामै उपचार भईरहेको छ । जिल्ला वाहिर २ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसन मा द्द जना रहेकाछन् । २ जना संक्रमितको जिल्ला वाहिर उपचार भईरहेको छ । भोजपुरका हाल सम्म १९ जना संक्रमण मुक्त भएका छन् । भोजपुर नगरपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।