क्यान्सर पिडीत भोजपुरे चेलीको अस्पतालको बेडवाट सहयोगको अपील

भोजपुरकोे आमचोक गाउँपालिका-५ निवासी जसमाया राईले भारतकोअस्पतालको वेडवाट सहयोगको अपिल गरेकीछिन् । बिगत केही बर्ष देखि ठूलो आन्द्राको कोलोन क्यान्सरबाट पीडित राईले उपचार रकम अभावमा सहयोगको अपील गरेकी हुन् ।

सुरुवाती अवस्थामा नेपाल मेडिकल जोरपाटी र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी राईको डक्टरको सल्लाह बमोजिम त्यसपछि भारतको राजिब गान्धी अस्पतालमा उपचारार्थ गराउँदै आएकोमा हाल कोभिड- १९को कारणले गर्दा धर्मशिला अस्पतालमा उपचाररत रहेकीछिन् । उपचारमा ठूलो रकम खर्च भैसकेको र आर्थिक अवस्था समेत कमजोर भएकाले थप उपचारका लागि आर्थिक कठिनाइ भएकोले उनले देशविदेशमा रहेका समाजसेवी, सहयोगी तथा मनकारीहरु सँग सहयोगको अपिल गरेकी छिन् ।

आर्थिक दुरावस्थाका वावजुत काठमाडौंमा अध्ययनरत रहँदा २ बर्ष अघि दक्षिण कोरीयामा रोजगारीकोलागि नाम निकाल्न सफल राईलाई क्यान्सर देखिएको थियो । उनको उपचारको लागि ७ लाख वढि खर्च भईसकेको छ । २० लाख उनको उपचारको लागि लाग्ने उनले जनाएकी छिन् । उनले उपचारवाट ठीक भएपछि सामाजिक काम गर्ने प्रतिवद्धता समेत जनाएकी छिन् । आर्थिक अवस्था अत्यन्त नाजुक भएकै कारण उनको आर्थिक सहयोगको अपील गर्नुपरेको जनाएकीछिन् ।

सहयोको लागि : जस माया राई ,माछापुच्छ्रे बैंक खाता नम्बर – 4323524531174015 , सम्पर्क नम्बर +91 8448943716( भारत)