Trending:

भोजपुरमा कोरोना संक्रमितको संख्या १५३ पुग्यो, षडानन्द नगरपालिकामा सवैभन्दा धेरै

भोजपुर,८ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या १ सय ५३ पुगेको छ । आज ७ संक्रमित थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या १ सय ५३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा २ सय ८५ जनाको पिसिआर संकलन गरिएको छ । २ सय ५३ को पिसिआर रिपोर्ट आएकोमा ८५ जनाको को कोरोना पोजेटिभ आएको हो । २९ जनाको रिपोर्ट आउन वाँकी रहेको जिल्ला स्जाथ्य कार्यालयले जनाएको छ । हाल सम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट १ सय ६६ जनाको परिक्षण गरिएकोमा ७० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै षडानन्द नगरपालिकामा कोरोना संक्रमित देखिएका छन् । षडानन्दमा ४८ जनामा संक्रमण देखिएको छ भने साल्पा सिलिछोंमा कसैलाई कोरोना पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले वताउँछ । भोजपुरको भोजपुर नगरपालिकामा २६, राम प्रसाद राई गाउँपाकिालमा २६, हतुवागढीमा ३०, आमचोकमा ९, पौवादुम्मामा ३, अरुणमा १० र टेम्के मैयुंगमा १ जना संक्रमित रहेकाछन् ।

भोजपुरका १ सय २८ जना सक्रिय संक्रमित होम आईसोलेसनमा रहेकाछन् । जिल्ला वाहिर २ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा २ जना रहेकाछन् । २ जना संक्रमितको जिल्ला वाहिर उपचार भईरहेको छ । भोजपुरका हाल सम्म २० जना संक्रमण मुक्त भएका छन् । भोजपुर नगरपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।