संखुवासभामा च्याउ खाएर विरामी भएकी एक बालिकाको मृत्यु

संखुवासभा- जंगली च्याउ खाँएर विरामी भएकी संखुवासभाको सिलिचोङ गाउँपलिका- ५ याफुकी एक बालिकाको जनाको ज्यान गएको छ । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि लैजाने क्रममा ८ बर्षीया रोजिना राईको ज्यान गएको आफन्त दिवस मेवाहाङले जानकारी दिए ।

मृतक सँगै गत शुक्रबार राति च्याउ खाएर एकै घरका ९ जना विरामी परेका थिए । सिलिचोङ गाउँपालिका ५ याफुका बुवा बुद्ध बहादुर राई र आमा बुद्धि माया राईसहित परिवारका नौ जना विरामी परेका हुन् ।

बुवाको याफु आधारभूत स्वास्थ्य इकाईमा उपचार भईरहेको छ भने बाँकी ८ जना विरामी जिल्ला अस्पतालमा उपचार नहुने भएपछि धरान विपी काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।