षडानन्द नगरपालिकामा अस्थाई कोभिड अस्पताल सञ्चालन

दिंला- भोजपुरको षडानन्द नगरपालिकामा अस्थाई कोभिड अस्पताल सञ्चालनमा आएको छ । षडानन्द नगरपालिकाले नगरपालिकाको वडा नम्वर ७ मा रहेको गान्धी मेमोरियल हस्पिटलमा अक्सिजन सहितको १४ बेडको आईसोलेसन सहितको अस्थाइ अस्पताल सञ्चालमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश वस्नेतले जनकारी दिए ।

नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेर उपचार अभाव भएपछि जनताको आवश्यकक्तालाई हेरेर कोभिड अस्पतालको निर्माण गरिएको नगरपालिकाले जनाएको छ । जटिल परिस्थितिका बिरामिहरुका लागि अक्सिजनको कमि हुन नदिन २४ घन्टा सेवा दिन दुई थान अक्सिजन कन्सन ट्रेटर राखिएको नगरको स्वस्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए ।

षडानन्द नगरपालिकाको १,२ र ७ नम्वरमा समुदायमै कोरोना भाईरस फैलिएपछि नगरपालिकाले प्रहरी र सेनाको सहयोगमा अस्पताल सञ्चालनमा ल्याएको हो । नगरपालिकाले संक्रमित विरामीको लागि छुट्टै गाडीको पनि व्यवस्था गरेको छ । षडानन्द नगरपालिकामा जिल्लाकै सवैभन्दा वढि ५६ जना कोरोना संक्रमित रहेकाछन् । यस अघि नगरका कोरोना संक्रमित नगरमा अस्पताल अभाव हुँदा छिमेकी साल्पासिलिंछो गाउँपालिकाको कुलुंगको कोभिड अस्पताल र संखुवासभाको तुम्लींगटारमा रहेको अस्पतालमा उपचार गर्न वाध्य थिए ।