खाँदवारी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

संखुवासभा- यूनाईटेड वल्र्ड स्कुल्स नेपालले जिल्ला अस्पताल संखुवासभालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यूनाईटेड वल्र्ड स्कुल्स नेपालले जिल्ला अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

१० थान पिपिई सेट, सर्जिकल मास्क ४ हजार पिस, १ हजार पिस ग्लोब्स्, फेस सिल्ड ५० पिस, सेनिटाइजर ६० लिटर, पल्स अक्सिमिटर ५ पिस लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको यूनाईटेड वल्ड स्कुल्स संखुवासभाका उपाध्यक्ष खेमराज खड्काले जानकारी दिए।

स्वास्थ्य सामाग्री जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र अस्पतालका प्रमुख डाक्टर सुन्दरश्याम झा लाई हस्तान्तरण गरिएको हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको स्वास्थ्य सामग्री सहयोग महत्वपूर्ण हुने जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताए ।

फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै कोरोना संक्रमितको उपचारमा सहज होस् भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको उपाध्यक्ष खड्काले बताउनु भयो । यूनाईटेड वल्ड स्कुल्स नेपालले गत बर्ष पनि जिल्ला अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।