भोजपुरमा आज ४७ संक्रमित थपिए, संक्रमितको कूल संख्या २ सय ८७ पुग्यो

भोजपुर,१३ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या २ सय ८७ पुगेको छ । आज ४७ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय जनाको को कोरोना पोजेटिभ आएको हो । हाल सम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ५ सय १५ जनाको परिक्षण गरिएकोमा १८७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा ७४ जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ६३,भोजपुर नगरपालिकामा ३९, हतुवागढीमा ५४, आमचोकमा ९, पौवादुम्मामा ७, अरुणमा ३५, साल्पा सिलिंछोमा ५र टेम्के मैयुंगमा १ जना संक्रमित रहेकाछन् ।

भोजपुरमा २ सय ४७ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर ६ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ७ जना रहेकाछन् । भोजपुरका हाल सम्म ३४ जना संक्रमण मुक्त भएका छन् । भोजपुर नगरपालिकाका १ र आमचोक गाउँपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।