भोजपुरमा संक्रमितको संख्या २९८ पुग्यो, कुन पालिकामा कति ?

भोजपुर,१४ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या २ सय ९८ पुगेको छ । आज ११ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय जनाको को कोरोना पोजेटिभ आएको हो । हाल सम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ५ सय १५ जनाको परिक्षण गरिएकोमा १८७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा ७४ जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ६३,भोजपुर नगरपालिकामा ४१, हतुवागढीमा ५४, आमचोकमा १५, पौवादुम्मामा ७, अरुणमा ३६, साल्पा सिलिंछोमा ५ र टेम्के मैयुंगमा ३ जना संक्रमित रहेकाछन् ।

भोजपुरमा २ सय ४८ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर ७ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ९ जना रहेकाछन् । भोजपुरका हाल सम्म ४२ जना संक्रमण मुक्त भएका छन् । भोजपुर नगरपालिकाका १ र आमचोक गाउँपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।