भोजपुरमा संक्रमितको संख्या ३ सय २०पुग्यो, कुन पालिकामा कति ?

भोजपुर,१५जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या ३ सय २० पुगेको छ । आज ९जना संक्रमित थपिए सँगै संक्रमित हुनेको संख्या ३ सय २० पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय जनाको को कोरोना पोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ७ सय ३१ जनाको परिक्षण गरिएकोमा २ सय २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा ७६ जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ६७,भोजपुर नगरपालिकामा ४८, हतुवागढीमा ५७, आमचोकमा १७, पौवादुम्मामा ८, अरुणमा ३९, साल्पा सिलिंछोमा ५ र टेम्के मैयुंगमा ३ जना संक्रमित रहेकाछन् ।

भोजपुरमा २ सय ६६ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर ८ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ९ जना रहेकाछन् । भोजपुरका हाल सम्म ४४ जना संक्रमण मुक्त भएका छन् । भोजपुर नगरपालिकाका १ र आमचोक गाउँपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।