भोजपुरमा संक्रमित हुनेको संख्या ३ सय ५९पुग्यो, कुन पालिकामा कति ?

भोजपुर,१८जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या ३ सय ५९ पुगेको छ । आज २० जना संक्रमित थपिए सँगै संक्रमित हुनेको संख्या ३ सय ५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ९ सय ४२ जनाको परिक्षण गरिएकोमा २ सय ५९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा ८० जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ७०,भोजपुर नगरपालिकामा ५८, हतुवागढीमा ५७, आमचोकमा १९, पौवादुम्मामा ८, अरुणमा ५३, साल्पा सिलिंछोमा ५ र टेम्के मैयुंगमा ९ जना संक्रमित भएकाछन् ।

भोजपुरमा २ सय ५९ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर ९ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ६ जना रहेकाछन् । भोजपुरका हाल सम्म ८९ जना संक्रमण मुक्त भएका छन् ।

भोजपुर नगरपालिकाका १ र आमचोक गाउँपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।