केउरेनिपानी गाविसका पूर्व उपाध्यक्ष वस्नेतको निधन

भोजपुर,१८ जेठ- भोजपुरको तात्कालिन केउरेनिपानी गाउँ विकास समितिका पूर्व उपाध्यक्ष उपेन्द्र वस्नेतको उपचारको क्रममा निधन भएको छ । ७० बर्षीय वस्नेतको आज उपचारको क्रममा विराटनगर स्थित नोवेल हस्पिटलमा निधन भएको उनको पारिवारिक श्रोतले वताएको छ ।

पूर्व स्वास्थ्यकर्मी समेत रहेका वस्नेत २०५४ सालको स्थानिय निकायको निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित भएका थिए । पछिल्लो केहि बर्षदेखि मोरंगको सुन्दर हरैंचामा वस्दै आएका वस्नेत लामो समयदेखि मुटुरोगवाट ग्रसित थिए । उनका श्रीमती, दुई छोरा रहेकाछन् भने एक छोराको यस अघिनै निधन भईसकेको छ ।