भोजपुरमा संक्रमित हुनेको संख्या ४२४ पुग्यो, कुन पालिकामा कति ?

भोजपुर,२०जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड- १९ वाट संक्रमित हुनेको संख्या ४ सय २४ पुगेको छ । आज ४१ जना संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ४ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट १३ सय ४३ जनाको परिक्षण गरिएकोमा ३ सय २४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा ९८ जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ७३,भोजपुर नगरपालिकामा ६९, हतुवागढीमा ६९, आमचोकमा २४, पौवादुम्मामा ९, अरुणमा ६४, साल्पा सिलिंछोमा ६ र टेम्के मैयुंगमा १० जना संक्रमित भएकाछन् ।

भोजपुरमा ३ सय ११ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर ९ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ८ जना र ३०३ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुर नगरपालिकाका १ र आमचोक गाउँपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या पनि बढेको छ । भोजपुरमा हाल सम्म सवैभन्दा धेरै षडानन्द नगरपालिकामा ३४ जना कोरोना संक्रमण मुक्त भएकाछन् । भोजपुर नगरपालिकामा २४, आमचोकमा ९, अरुणमा १, साल्पा सिलिंछोमा ४ र टेम्के मैयुंगमा १ जना संक्रण मुक्त भएकाछन् भने पौवादुम्मार हतुवागढी गाउँपालिकामा कोहि पनि संक्रमण मुक्त नभएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।