भोजपुरमा संक्रमित हुनेको संख्या घट्यो, ११८ जना निको भए

भोजपुर,२१जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या घटेको छ । आज ७ जनामात्र संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए । ७ जना थपिएसँगै संक्रमित हुनेको संख्या ४ सय ३१ पुगेको छ ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट १३ सय ८० जनाको परिक्षण गरिएकोमा ३ सय ४१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा ९८ जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ७३,भोजपुर नगरपालिकामा ७२, हतुवागढीमा ७२, आमचोकमा २६, पौवादुम्मामा ९, अरुणमा ६४, साल्पा सिलिंछोमा ६ र टेम्के मैयुंगमा ११ जना संक्रमित भएकाछन् ।

भोजपुरमा ३ सय जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर ११ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ७ जना र २९३ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुर नगरपालिकाका १ र आमचोक गाउँपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा ११८ जना कोरोना संक्रमण मुक्त भएकाछन् । भोजपुरमा हाल सम्म सवैभन्दा धेरै षडानन्द नगरपालिकामा ४९ जना कोरोना संक्रमण मुक्त भएकाछन् । त्यस्तै भोजपुर नगरपालिकामा २५, आमचोकमा ९, अरुणमा ४, साल्पा सिलिंछोमा ४ , टेम्के मैयुंगमा १ भने पौवादुम्मा ४ र हतुवागढी गाउँपालिकामा ५ जना जना संक्रण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।