भोजपुरमा संक्रमित हुनेको संख्या ४५५ पुग्यो, १३३ जना निको भए

भोजपुर,२२जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड- १९ वाट संक्रमित हुनेको संख्या ४५५ पुगेको छ । आज २४ जना थपिएसँगै संक्रमित हुनेको संख्या ४ सय ५५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट १४ सय ७० जनाको परिक्षण गरिएकोमा ३ सय ५५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा १०५ जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ७३,भोजपुर नगरपालिकामा ७४, हतुवागढीमा ७६, आमचोकमा २८, पौवादुम्मामा १०, अरुणमा ७१, साल्पा सिलिंछोमा ७ र टेम्के मैयुंगमा ११ जना संक्रमित भएकाछन् ।

भोजपुरमा ३ सय ९जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर ११ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ८ जना र ३०१ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुर नगरपालिकाका १ र आमचोक गाउँपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा ११८ जना कोरोना संक्रमण मुक्त भएकाछन् । भोजपुरमा हाल सम्म सवैभन्दा धेरै षडानन्द नगरपालिकामा ४९ जना कोरोना संक्रमण मुक्त भएकाछन् । त्यस्तै भोजपुर नगरपालिकामा २५, आमचोकमा ९, अरुणमा १, साल्पा सिलिंछोमा ४ , टेम्के मैयुंगमा १ ,पौवादुम्मा ३ र हतुवागढी गाउँपालिकामा २० जना संक्रण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।