भोजपुरमा संक्रमित हुनेको संख्या ५ सय नजिक, १६४ जना निको भए

भोजपुर,२४जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या ४ सय ७९ पुगेको छ । आज १६ जना थपिएसँगै संक्रमित हुनेको संख्या ४ सय ७९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट १५ सय ६४ जनाको परिक्षण गरिएकोमा ३ सय ७९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा १०९ जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ७३,भोजपुर नगरपालिकामा ८२, हतुवागढीमा ७९, आमचोकमा २८, पौवादुम्मामा १०, अरुणमा ७१, साल्पा सिलिंछोमा ९ र टेम्के मैयुंगमा १८ जना संक्रमित भएकाछन् ।

भोजपुरमा २ सय ९८ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर १५ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ५ जना र २९३ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुर नगरपालिकाका १ र आमचोक गाउँपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा १६४ जना कोरोना संक्रमण मुक्त भएकाछन् । भोजपुरमा हाल सम्म सवैभन्दा धेरै षडानन्द नगरपालिकामा ५० जना कोरोना संक्रमण मुक्त भएकाछन् । त्यस्तै भोजपुर नगरपालिकामा २६, आमचोकमा ९, अरुणमा २३, साल्पा सिलिंछोमा ४ , टेम्के मैयुंगमा १ ,पौवादुम्मा ३ र हतुवागढी गाउँपालिकामा २० जना संक्रण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।