भोजपुरमा संक्रमित हुनेको संख्या ४९९ पुग्यो, १६४ जना निको भए

भोजपुर,२५जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या ४ सय ९९ पुगेको छ । आज २० जना थपिएसँगै संक्रमित हुनेको संख्या ४ सय ९९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट १६ सय ९५ जनाको परिक्षण गरिएकोमा ३ सय ९९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भोजपुरमा हालसम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा ११० जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ७३,भोजपुर नगरपालिकामा ८६, हतुवागढीमा ९१, आमचोकमा २८, पौवादुम्मामा १०, अरुणमा ७२, साल्पा सिलिंछोमा ९ र टेम्के मैयुंगमा २० जना संक्रमित भएकाछन् ।

भोजपुरमा ३ सय १७ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर १६ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ६ जना र ३११ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुर नगरपालिकाका १ र आमचोक गाउँपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा १६४ जना कोरोना संक्रमण मुक्त भएकाछन् । भोजपुरमा हाल सम्म सवैभन्दा धेरै षडानन्द नगरपालिकामा ५० जना कोरोना संक्रमण मुक्त भएकाछन् । कोरोना संक्रमण मुक्त हुनेमा भोजपुर नगरपालिकामा २६, आमचोकमा ९, अरुणमा २३, साल्पा सिलिंछोमा ४ , टेम्के मैयुंगमा १ ,पौवादुम्मा ३ र हतुवागढी गाउँपालिकामा २० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।