भोजपुर । मिरा राईको गृहजिल्ला भोजपुरमा पहिलो पटक स्काइ रनिङ्गको आयोजना गरिएको छ । मैयुङ्ग हाँसपोखरी महोत्सवको अवसरमा भोजपुरदेखि मैयुङ्गसम्म स्काइ दौडको आयोजना शुक्रबार गरिएको हो ।
भोजपुरको गौरव र सम्बृद्धिमा सहयोग पु¥याउन भोजपुरको टुँडिखेलदेखि मैयुङ्गमा गएर सम्पन्न हुने रिमाचुङ्ग एकाडेमीका पाविहाङ्ग राईले बताए । स्काइ दौडमा भोजपुरदेखि धापखर्क, सुन्तले, पासोगैरा, लमुवाभन्ज्याङ्ग, थामडाँडा, एकराते हुदै मैयुङ्गसम्म ३८ किलो मिटरमा स्काइ दौड हुने राईले बताए ।
दौड १ हजार ५ सय पचास मिटरको उचाइबाट शुरु भएर ३ हजर ३ सय ३० मा पुगेर समपन्न हुनेछ । पहाडी भागमा मात्र गरिने स्काइ दौडमा ११ महिला र ७९ पुरुष गरि ९० जनाको सहभागिता रहेको छ ।
दौडमा प्रथम हुनेले २५ हजार दौस्रो हुनेले १५ हजार र तेस्रोले १० हजार नगद प्राप्त गर्नेछन् त्यसैगरी सान्तवन्नले ५÷५ हजार पाउने छन् । विजेताहरुलाई शुक्रबारबाट शुरु भएको मैयुङ्ग हाँसपोखरी महोत्सवमा वितरण गरिने राईले बताए । मैयुङ्गहासँपोखरी महोत्सव वैशाख १ गतेबाट ३ दिन सम्मा चल्नेछ ।

तपाईको प्रतिक्रिया