भोजपुरमा १ सय वढि कांग्रेस परित्यागगरि नेकपा एस मा प्रवेश

भोजपुरको षडानन्द नगरपालिका ११ देउरालीमा नेपाली कांग्रेस परित्याग गरि १ सय वढि नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेकाछन् । नेविसंघ षडानन्द नगर सभापति मिलन विष्ट, पुर्व वडा सभापति द्वय जित बहादुर कार्की, वसन्त श्रेष्ठ सहित नेकपा एस मा प्रवेश गरेकाहुन् ।

नेपाली कांग्रेसको हाल चलिरहेको १४ औं महाधिवेशनमा नेतृत्वतहले एकलौटी निर्णय भएको भन्दै नगर तथा वडाका पदाधिकारी र कार्यकर्ता असन्तुष्ट रहेका उनिहरु नेकपा एसमा प्रवेश गरेका हुन् । विवादकै कारण ९ वटा पालिका रहेको भोजपुरको षडानन्द नगरपालिकामा नगर अधिवेशन हुन सकेको छैन् । यतिका नेता तथा कार्यकर्ताले पार्टी छोडेपछि नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ । २०७४ को स्थानिय निकायको निर्वाचनमा सो वडामा नेपाली कांग्रेसले विजयी भएको थियो ।

सो वडा नेकपा एसका केन्द्रिय सचिव समेत रहेका राजेन्द्र राईको गृह वडा हो । सचिव राईको समेत उपस्थितिमा स्थानिय शारदा माविको प्रांगणमा आयोजित कार्यक्रममा वसन्त श्रेष्ठको अध्यक्षतामा वडा कमिटि गठन गरिएको नेकपा एसका नगर अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिए ।