बहिरा बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

भोजपुर- भोजपुर नगरपालिकामा अबस्थित बहिरा बिद्यालयका विद्यार्थीहरुलाई बडादशैंको शुभ अवसरमा युवा नेताहरुले शैक्षिक सामाग्री वितरण गरेका छन्। युवा संघ सम्वद्ध युवा नेता तथा समाजसेविहरु विमल रनपहेली, दुर्गा योञ्जन र सुसन घिमिरेले संयुक्त रुपमा शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

युवाहरुले वितरण गरेका शैक्षिक सामाग्रीमा २० दर्जन कापी, १० दर्जन साधा पेन्सील र १० दर्जन रंगीन पेन्सील रहेकाछन् । कोरोना महामारिले गर्दा विद्यार्थीहरुलाइ पठन पाठनमा समस्या आएकोले वितरण गरिएको युवा नेता सुुुसन घिमिरेले जानकारी दिए । यस दशैं तिहारको बिदा पस्चात विद्यार्थीहरुलाई कुनै पनि समस्या नआओस भन्ने उदेश्यले शैक्षिक सामाग्री बितरण गरिएको विमल रनपहेलीले जानकारी दिए ।

दशैंको विदापछि विद्यालय खुलेपछि अन्य विद्यालयमा पनि शैक्षिक सामाग्री वितरण गर्ने योजना रहेको युवाहरुले खवरट्वीटलाई जनाएकाछन् ।