संखुवासभामा ट्याक्टर दुर्घटना, एकको ज्यान गयो

संखुवासभा-संखुवासभाको खाँदबारी नगरपालिका २ चेवामा ट्याक्टर पल्टिदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी खाँदबारी ५ लेलुवाका २५ वर्षीय मणी तामाङको मृत्यु भएको हो । सहचालक र सोही स्थानका सहचालक १९ वर्षी महेन्द्र तामाङ घाइते भएका छन् ।

घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा खाँदबारी लगिएको थियो । तर चालक तामाङको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सह चालकलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

शुक्रबार राती ८ बजे चेवाबाट चारबरतर्फ जाँदै गरेको प्र १०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब १५ मितटर तल खसेको थियो ।