शौचालय जाने क्रममा लडेर वडाध्यक्षको मृत्यु

शौचालय जाने क्रममा लडेर बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ ।

उनी सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका थिए । लडेर अचेत भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याइसक्दा मृत्यु भएको भन्दै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

७३ वर्षीय बस्याल क्यान्सरका रोगी रहेको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए ।