- एजेन्सी

काठमाडौं । हेर्दा महिला सोझा लाग्छन् । तर पोर्नको मामलामा माहिर हुन्छन् । अझ फोनमार्फत पोर्न हेर्ने मामलामा त झनै अगाडि ।
स्मार्टफोनमार्फत इन्टरनेटमा पोर्न सामग्री हेर्ने मामिलामा महिलाहरू पुरुषभन्दा निकै अघि देखिएका छन् ।

लोकप्रिय पोर्न साइट पोर्नहबले जारी गरेको तथ्यांकअनुसार यसका ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेका छन् ।

यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दा १६ प्रतिशतले कम छ । तथ्यांकअनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्न मन पराउँछन् ।

पोर्नहबका अनुसार उसका कुल प्रयोगकर्तामध्ये २६ प्रतिशत महिला छन् । अमेरिकाको तथ्यांकअनुसार वाशिङ्टन डिसीमा पोर्नहबका महिला प्रयोगकर्तामध्ये ९४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् ।

विश्वव्यापी रूपमा मोबाइलबाट पोर्न सामग्री हेर्ने महिलाको अनुपात सबैभन्दा धेरै भएको देश दक्षिण अफ्रिका हो । जहाँ अनलाइन पोर्न हेर्नेमध्ये ९१ प्रतिशतले महिलाले स्मार्टफोनबाट पोर्न हेर्ने गर्छन् ।

दोस्रो स्थानमा ८९ प्रतिशतसहित अमेरिका र तेस्रो स्थानमा बेलायत र पाकिस्तान समान ८६ प्रतिशत छन् । विश्वमा पोर्नहबका कुल प्रयोगकर्तामध्ये सयमा ७२ जनाले स्मार्टफोनबाट पोर्नहब हेर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया