फेसबुकले ल्याउँदैछ ‘दिमागले चल्ने’ किबोर्ड

सोसल नेटवर्किंग कम्पनी फेसबुकले एउटा यस्तो प्रविधिमा काम गरिरहेको छ जसमा सफल भएमा प्रविधि उद्योगमा क्रान्तिकारी फड्को आउनेछ । फेसबुकले यस्तो प्रविधि बनाउँदैछ जसबाट तपाइँले आफ्नो कम्प्युटरको किबोर्ड हातले थिचिरहनुपर्नेछैन । तपाइँले आफ्नो दिमागले नै कम्प्युटर नियन्त्रण गर्न सक्नुहुन्छ र दिमागले नै टाइप गर्न सक्नुहुनेछ ।

उक्त साइलेन्ट स्पिच नामको सफ्टवेयरको मद्धतले मानिसहरुले प्रति मिनेट १ सय शव्दको गतिमा दिमागले नै टाइप गर्न सक्नेछन् ।

यो परियोजनाको सुरुवाती चरणमै यस्तो प्रविधिको आवश्यकता पर्नेछ जसका माध्यमबाट सर्जरी विना नै मस्तिष्कको तरंगलाई पक्रिन सकिनेछ ।

विचारको डिकोडिङ

फेसबुककी प्रतिनिधि रेगिना डगनले भनेकी छिन्ः हामीले तपाइँले विचारको डिकोडिङ गर्ने कुरा गरिरहेका छैनौँ । तपाइँसँग धेरै खाले विचार हुनेछन् । तपाइँले ती अनेक विचार मध्ये केहीलाई मात्रा शेयर गर्नका लागि चुन्न सक्नुहुन्छ ।

उनी अगाडि भन्छिन्, ‘हामी ती शव्दको अर्थलाई अथ्र्याउने कुरा गरिरहेका छौँ । साइलेन्ट स्पिचको इन्टरफेसमा हर रफ्तार तथा उतार चढावको आवाजलाई बुझ्ने क्षमता हुनेछ ।’

फेसबुकको विशेष टिमः बिल्डिंग ८

रेगिना डगन फेसबुकको एक विशेष टिम बिल्डिंग ८ को नेतृत्व गरिरहेकी छिन् । यी टिमले फेसबुकका लागि हार्डवेयर तथा सफ्टवेयरको क्षेत्रमा अनुसन्धान गर्दछ । फेसबुकले यो समूहमा ६० जना वैज्ञानिक तथा विशेषज्ञलाई सामेल गरेको छ ।

फेसबुका संस्थापक मार्क जुकरबर्गले आफ्नो पेजमा लेखेका छन्ः हाम्रो मस्तिष्कले हरेक सेकेण्ड चारवटा एचडी फिल्ममा हुने जत्तिकै डाटा प्रोसेसिंग गर्दछ ।

दुनियाबाट जानकारी बाहिर निकाल्ने सबैभन्दा राम्रो तरिका कुराकानी नै हो । तर समस्या यो छ की दिमागबाट केवल त्यत्ति नै डाटा पठाउन सकिन्छ जति १९८० को मोडेमबाट पठाउन सकिन्छ ।

जुकरबर्गले लेखेका छन्ः हामीले एउटा यस्तो प्रविधि बनाउने कार्य गरिरहेका छौँ जसको माध्यमबाट तपाइँले आफ्नो दिमागबाट टाइप गर्न सक्नुहुन्छ । यसबाट तपाइँ आफ्नो फोनमा टाइप गर्ने स्पीड भन्दा करीब पाँच गुणा तिब्र गतिमा टाइप गर्न सक्नुहुन्छ ।

उनका अनुसार फेसबुक यसलाई वेयरेवल टेक्नोलोजी अर्थात सरीरमा पहिरिन सक्ने प्रविधिको रुपमा विकसित गर्न चाहन्छ, जसको ठूलो परिमाणमा निर्माण गर्न सकियोस् ।

भविष्यको प्रविधि

डगन भन्छिन्ः एक दिन यो टाढा छैन जब केही कुरा मैले चिनिया भाषामा सोँचू र सो सोँचाई तत्कालै अर्को व्यक्तिले स्पेनिस भाषामा बुझ्न सकोस् ।

यी सबै घोषणाहरुको साथ फेसबुकले भविष्यको प्रविधिका बारेमा सोँचिरहेको छ, जो आज भएका प्रविधिभन्दा निकै अघि छन् ।

डगनका अनुसार आजको प्रविधिका माध्यमले जटिल दिमागमा नियन्त्रण गर्नका लागि दिमागमा एक कम्प्युटर चिप लगाउनु आवश्यक हुन्छ । यद्यपि दिमागमा नियन्त्रणको बाह्य प्रविधि बजारमा उपलब्ध त छ तर यसलाई मस्तिष्कसँग तुलना गर्न सकिँदैन ।

इलेक्ट्रोइनसिफ्यालोग्रा अर्थात् इइजी एउटा यस्तै प्रविधि हो । यसबाट मस्तिष्कका विद्युतीय तरंगलाई देख्न सकिन्छ ।

फेसबुकले एक विज्ञप्तीमा भनेको छः हामीलाई केही यस्तो नयाँ सेन्सरको आवश्यकता पर्नेछ, जो मस्तिष्कको गतिविधिलाई हरेक सेकेण्डमा सय पटक आँकलन गर्न सकोस् । बीबीसी हिन्दी