रुकुम । रुकुमको त्रिबेणी गाउँपालिका अन्तर्गत वाडा नम्बर ३ र ६ का बासिन्दाहरुले गाउँपालिकाको केन्द्रको लागि जग्गा दान गर्ने बताएका छन ।

त्रिबेनी गाउँपालिका लागि राजनीतिक खिचातानी , स्थलगत बिबाद भएपछि बिकल्पको रुपमा देखिएको द्वन्द्वकालको चर्चित भुमि खारा ब्यारेक आसपासको भुभागमा गाउँपालिका राख्न स्थानीयहरुले आग्रह गरेका छन । स्थानीय शेरबहादुर खडका भन्छन यदि गाउँपालिको केन्द्र मुरु र खाराको सिमाना अर्थात वडानस् ३ र ६ सिमाना खारा ब्यारेक आसपासमा बनाए केन्द्रलाइ पुग्ने जग्गा दान गर्न गाउँलेहरुको चाहाना छ ।

स्वयम् आफु पनि करिब १ रोपनि जग्गा उपलब्ध गराउने उनले बताए । त्यस्तै: मनबिर ओलि, मन बहादुर ओलि ,पार्वती पुन,टिकाराम पुन लगायत दर्जनौंले जग्गा दिने बताएका छन ।
रुकुममा अहिले ९ वटा स्थानीय सरकार तोकिएको छ । रुघा, खारा, मुरु, पेउघा र नुवाकोट गाबिस मिलाएर त्रिबेणीगाउंपालीका बनेको छ। आयोगले मुरुको मेलपोखरिलाई स्थानीय निकायको केन्द्र तोकेपनि पुर्वी भागका बासिन्दालाई अपाई पय्रो सिम्रुतु बजारमा राख्नुपर्ने माग गर्दै बिबाद गरेका छन ।

त्यस्तै पश्चिम भागका बासिन्दाले पनि आ(आफ्नै क्षेत्रमा दावि गर्ने गरेका कारण उपयुक्त बिकल्पमा सबैको सेन्टर पर्ने खारा ब्यारेक आसपासमा केन्द्र बनाउन माग गरेको स्थानीय टिकाराम पुनले बताए । जिल्लाको पुरानो प्रमुख सडक संजाल, बिधुतको केन्द्रीय प्रसारण लाईन , ईतिहासिक भुमि, फराकिलो भुभाग, सबै वडाहरुलाइ आवत(जावतमा सहज, हुने ठाउँ भएकोले पनि ठाउँ उपयुक्त भएको उनले बताए ।
३३ रुकुमको खारा ब्यारेक कहाँ र केहो त ?

माओवादि जनयुद्धको क्रममा थुप्रै ग्रामिन बस्तिहरुले दुःख संगै चर्चा पनि पाए । हजारौंको रगतको खोलो बगेका बस्तिहरु मध्य एक हो रुकुमको खारा ।
रुकुमको खारा ब्यारेक जो मुरु गाबिसमा अबस्थित छ भने खारा गाबिसको सिमानामा रहेकोे छ । रुकुमको खारा ब्यारेक अनि खारा र मुरु गाबिसले द्वन्द्वकालमा ठुलै संकट झल्यो । कयौंका घर टहर धोम्स भए । कयौंको ज्यान गयो ।

पटकपटकको ब्यारेक आक्रमण र आर्मि र माओवादि सेनाको बिचको मुठभेटले क्षेतबिक्षेद उक्त बस्तिका बासिन्दाले अझै पनि क्षेतिपुर्ति पाएका छैनन । पाए पनि टांठाबाटाले मात्रै पाएको उनिहरुको गुनासो छ ।

खारा ब्यारेकमा दुई ठुला माओवादि आक्रणहरु भएका थिए । घटनामा हजारौं मान्छेले ज्यान गुमाएका थिए । ब्यारेक आक्रणको समयमा मरेका कयौंको अस्तिपञ्जरहरु अझै पनि स्याल कुकुरले निकाल्छन । ज्यान गुमाउनेहरुको घर कहाँ हो । कस्को छोरो । थाहाहुनु त परै जाओस राज्य तथा नेताहरुले ब्यबस्थापनको कुनै चासो नै छैन ।

स्थानीयहरु भन्छन द्वन्द्वकालिन घटना समेटेर युद्ध पर्यटन क्षेत्र बनाउन सके र त्यहा मर्नेहरुको पहिचान गरि उनिहरुको सम्झना संयुत्त शालिक बनाईदिए पनि मृत आत्मले शान्ति पाउनुको साथै मृतकका आफन्तको मन हलुका हुने थियो ।

तपाईको प्रतिक्रिया