भोजपुर । स्वास्थ्य अधिकार सूर्ति नियन्त्रण जिल्ला सञ्जाल भोजपुरले जिल्ला स्वास्थ्य कार्यालयसंगको सहकार्यमा बैशाख ९ गते शनिवार सदरमुकामस्थित साप्ताहिक शनिवारे हटियामा स्वास्थ्य सन्देशहरुसंहित माइकिङ्ग र पर्चा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन २०६८ कार्यान्वयनको लागि २०७३ माघ ६ गते मन्त्री परिषद्ले गरेका निर्णयहरु, मेरो वर्ष २०७४ अभियानका प्रतिबद्धताहरु, जिल्ला स्वास्थ्य कार्यालय, भोजपुर र सञ्जालले उत्पादन गरेको धुम्रपान विरुद्धको स्वास्थ्य सन्देश, धुम्रपान भनेको के हो? यसबाट के कस्ता असरहरु हुन्छन्? धुम्रपानको लत कसरी छोड्ने, धुम्रपानबाट कस्ता कस्ता रोगहरु लाग्छ? भन्ने बारेको जानकारीमुलक सामग्री माइकिङ्ग गरिएको थियो भने करिब ३०० हाते पर्चाहरु समेत सर्बसाधारणलाई वितरण गरिएको थियो ।
स्वास्थ्य अधिकार सूर्ति नियन्त्रण जिल्ला सञ्जालका संयोजक फविन्द्र प्रधान, सञ्जाल सदस्यहरु सीता विश्वकर्मा, गोकुल भुजेल, लक्ष्मी प्रधान र सल्लाहकार नोदनाथ त्रिताल समेतले धुम्रपानबाट शरीरका विभिन्न भागहरुमा हुने क्यान्सरहरुको तस्वीरसहितका फ्लेक्स ब्यानरहरु राखी हटियामा आएका सर्बसाधारणहरुमा धुम्रपान गर्न नहुने सन्देशहरु प्रवाह गर्नुभएको न्यायशील असल शासन क्लबका सूचना अधिकारी लक्ष्मी प्रधानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया