भोजपुर । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका–२ बाट आइतबार सालकको खपेटा र गाँजा सहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा को १० प १०७२ नम्बरको मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र–९ बस्ने ३० बर्षिय नजरमान राई रहेका छन्।

प्रहरीले उनको साथबाट नगद ४३ हजार तथा अन्दाजी साढे २ किलो गाँजा र ५० ग्रामको सालकको खपेटा बरामद गरेको छ, पक्राउ परेका राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बोयाङले जनाएको छ।

तपाईको प्रतिक्रिया