काठमाण्डौ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।
बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले हिरासतमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको छ ।
आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।
साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ ।
छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् । बयानका लागि जाने कि भन्नेबारे कानुनी परामर्श गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया