संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका १० मा मंगलबार अपरान्ह स्कार्पियो दुर्घटनामा परी १० जना घाईते भएका छन्।

लेगुवा खाँदबारी सडक खण्डमा भोजपुरबाट खाँदबारी आउँदै गरेको गरेको ग १ ज ५१९३ नम्बरको स्कार्पियो गाडी सडकबाट अन्दाजी ४ मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी १० जना यात्रु घाईतेको र उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

तपाईको प्रतिक्रिया