भोजपुर । जिल्ला पश्चिमी ट्याम्केमैयुम गाउँपालिका वडा नं. २ छिनामखुका सन्जोग राईको हत्याको आरोपमा दुइजनालाई पक्राउ गरिएको छ । वर्दियाको धधरवार गाविस वडा नं. ८ बस्ने बर्ष २२ को दङगुवा भन्ने कमल चौधरी र मगरागाडी गा.वि.स. वडा नं. ३ जबदहबाका वर्ष १६ को सुनिल चौधरीलाई पक्राउ गरिएको हो ।
राईको हत्यामा संलग्न दुवैजना मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरचखेवा खण्डको सडकमा मजदुरीको काम गर्दै आएका थिए । पक्राउपछि दुवै जनालाई जिल्ला अदालत भोजपुरवाट कर्तव्य ज्यान सम्वन्धी म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
राईको फाल्गुन १९ गते राती घरमा बसिरहेको बेला नजिकैको याङ्गटाङ्गखोलामा लगेर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

तपाईको प्रतिक्रिया