काठमाडौं । भोजपुरमा जन्मेर मिस राई प्रतियोगिता २०१७ को प्रतिस्पर्धामा रजनी राई पर्न सफल भएकी छिन् । ठुलोदुम्माकी २० बर्षिया रजनी प्रतियोगिताको अन्तिम १२ जनाको सूचिमा परेकी हुन् ।
प्रतियोगिताको फाइनल वैशाख १८ गते राष्ट्रिया नाचघरमा हुँदैछ । प्रतियोगिताको अन्तिम छनोटमा पुगेकी रजनीलाई जित्नका लागि धेरै एसएमएस भोटिङको खाँचो रहेको राईले बताइन् ।
सिटिभी मोबाइको मुख्य प्रायोजन रहेको प्रतियोगिता किरात राई मौलिक संस्कृती केन्द्रले आयोजना गरेको हो । गत बर्ष एलिसा राई मिस राई २०१६ भएकी थिईन ।
धनकुटा बहुमुखी क्याम्पसमा स्नातक गरिरहेकी राईले आफूलाई भोट गरेर जिताउन सबैलाई आग्रह गरेकी छिन् ।
भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस  mr टाइप गरेर स्पेस दिनुहोस् 8 लेखेर 33001 मा सेण्ड गर्नुहोस ।
तपाई हाम्रो एक भोेट राईको लागि जित हुन सक्नेछ । तपाइको एसएमएस १८ गते दिउँसोसम्म दिन सकिनेछ । भोट नेपालबाट मात्र दिन पाइने छ । एकपटक भन्दा बढी एसएमएस पनि दिन सकिने आयोजकले बताएका छन् ।

तपाईको प्रतिक्रिया