भोजपुर  । ३५ औं विश्व नृत्य दिवसको अवसरमा आयोजित “डायमण्ड डान्स क्रु सांगीतिक कार्यक्रम २०७४” मा डायमण्ड डान्स क्रु का कलाकारले भोजपुरलाई तताएको छ । दिवसको अवसरमा पारेर आयोजित कार्यक्रममा डायमण्ड डान्स क्रु को दमदार प्रस्तुति रहेको थियो । कार्यक्रममा डायमण्ड डान्स क्रु का कलाकारहरु सुशन वि. सी. , सविना राई , मन्दिरा मगर , सुरेश तामाङ , शक्ति तामाङ लगायत स्थानिय अतिथि कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । कार्यक्रममा गायकहरु विभुषण राई र नवीन पराजुलीले गित गाएर दर्शक भरपुर मनोरञ्जन दिलाएका थिए ।

विश्व नृत्य दिवस अवसरमा भोजपुरमा पहिलोपटक डायमण्ड डान्स क्रुले कार्यक्रम गरेको थियो । कार्यक्रम आयोजनाको बारेमा बोल्दै कार्यक्रम संयोजक प्रकाश सिं राई भन्छन – ” हामीले पहिलोपटक भोजपुरमा यो कार्यक्रमको कल्पना गर्यौ । हामीले सोचेको भन्दापनि धेरै दर्शकको माया र सहभागीता पाउँदा खुशी लाग्यो । आगमी दिनमा पनि हामी यस्तै काम गर्दै नृत्य क्षेत्रमा लाग्न चाहने नव कलाकारलाई संरक्षण गर्दै जाने उदेश्य लिएका छौ ।”

कार्यक्रम दिउँसो २ बजेबाट सुरु भएको थिए । कार्यक्रममा २० भन्दा बढि गितमा नृत्य प्रस्तुत भएको थियो भने सामुदायिक भवन भरि नै दर्शकको सहभागीता रहेको थियो । कार्यक्रमको लागि सुशन वि.सि. ले नृत्य निर्देशन गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन निमाराज तामाङले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया